निकले कन्सर्टमै प्रियंकालाई चुम्बन गरेपछि...

४ बर्ष अगाडि

बलिउडदेखि हलिउडसम्म नाम कमाएकी प्रियंका चोपडाले हलिउड गायक निक जोनससँग विवाह गरेपछि झनै चर्चाको शिखरमा छिन् । यो जोडी समय समयमा निकै चर्चामा आइरहन्छ । यो जोडी भारत र अमेरिकामा मात्र होइन विभिन्न देशमा पनि उत्तिकै चर्चित छ । यो जोडीको जुनसुकै फोटो पनि सामाजिक सञ्जालमा आउनेवित्तिकै भाइरल भइहाल्नेगर्छ ।

हालै केहि तस्बिर सामाजिक सञ्जालमा छाइरहेको छ । तस्बिरमा जोन र प्रियंका निकै रोमान्टिक अवस्थामा देखिएका छन् । निक निहुरिएर प्रियंकालाई चुम्बन गरिरहेका छन् । 

सेप्टेम्बर १६ मा २७ औँ जन्मदिन मनाएका जोनले न्यूयोर्कमा कन्सर्ट पनि गरेका थिए । जहाँ प्रियंका पनि पुगेकी थिइन् । यसै दौरान दर्शकले चुम्बन गर्न माग गरेपछि जोनले प्रियंकालाई चुम्बन गरेका थिए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया