स्क्रब टाइफसबाट २५ सय संक्रमित, १६ को मृत्यु

असोज ३, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं । डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका छन् ।

 स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा २ हजार ३ सय २३ जनालाई संक्रमण भएको छ ।
सन् २०१७ मा ६ सय ७०, सन् २०१८ मा १ हजार ९८ र सन् २०१९ मा ५ सय ५५ जनालाई संक्रमण भएको हो । यस्तै, महाशाखाका अनुसार तीन वर्षको अवधिमा १६ जनाको मृत्यु भएको छ । स्क्रवटाइफसका बिरामी ६३ जिल्लामा भेटिएका छन् । महाशाखाका निर्देशक डा विवेककुमार लालले सरुवा रोग व्यवस्थापनअन्तर्गत अभिमुखीकरण तालिमलगायतमा केन्द्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । राजधानी दैनिकमा खबर छ ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.२०११३.८०
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४६.६२१४७.३९
Swiss Franc११४.४८११५.०८
Australian Dollar७७.६४७८.०५
Canadian Dollar८६.४०८६.८६
Singapore Dollar८३.०८८३.५२