एक महिनामा झण्डै डेढ अर्ब रकमान्तर

४ बर्ष अगाडि

चालु आर्थिक बर्षमा सरकारले झण्डै डेढ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गरेको छ ।

उक्त रकमान्तर सरकारले आर्थिक साहायता देखी लिएर उपनिर्वाचन, १३ औँ  एसियाली खेलकुद प्रतियोगिता, संयुक्त राष्ट्रसंघको महासभामा जाने नेपालीको खर्च लगायतका शिर्षकमा गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार भदौमा उक अर्ब ३७ करोड २० लाख ९२ हजार ६ सय ७४ रुपैँया रकामन्तर हुने छ ।

उक्त रकम मध्य एक करोड १९ लाख एक हजार एक सय ७८ रुपैँया आर्थिक सहायताका लागी रकामन्तर भएको छ ।

यस्तै संयुक्त राष्ट्रसंघको ७४औँ महासभामा भाग लिन जाने नेपाली टोलीका लागी दुई करोड २९ लाख २२ हजार रुपैँया रकमान्तर भएको छ ।

यस्तै आउँदो मंसिर १५ गते हुने केन्द«, प्रदेश तथा स्थानीय तहको उपनिर्वाचनका लागि २५ करोड रुपैँया त्यसैगरी आउँदो दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ९५ करोड रुपैँया निकासा भएको छ ।

आर्थिक राष्ट्रिय दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया