६१ अर्ब ४५ करोड रुपियाँको सेयर सूचिकृत

४ बर्ष अगाडि

आर्थिक वर्ष २०७५÷०७६ मा ६१ अर्ब ४५ करोड रुपियाँबराबरको सेयर नेपाल स्टक एक्सचेन्स लिमिटेड (नेप्स) मा सुचिकृत भएको  छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तिय अवस्थासम्बन्धि विस्तृत प्रतिवेदन अनुसार गत आवमा २७ अर्ब २० करोड बराबरको साधारण सेयर, १० अर्ब ८१ करोड बराबरको हकप्रद सेयर, २२ अर्ब ५८ करोड बराबरको बोनोस सेयर र ८५ करोड १७ लाख बराबरको डिबेन्चर समेत गरि कुल ६१ अर्ब ४५ करोड सूचिकृत भएका हुन् । 

राष्ट्र बैंकका अनुसार नेपाल धितोपत्र कोर्डले आर्थिक बर्ष २०७५÷०७६ मा २५ अर्ब ५८ करोड बराबरको डिबेञ्चर निष्काशनको अनुमति प्रदान गरेको थियो । यसैगरि २०७५ असार मसान्तमा १२सय १२ दशमलव चार विन्दुमा रहेको नेप्स सुचाकांक तिन दशमलव आठ प्रतिशतले बृद्धिभई २०७६ असार मसान्तमा १२ सय ५९ विन्दुमा कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया