सिटिजन्स इन्सुरेन्सले आइपीओ जारी गर्ने

४ बर्ष अगाडि

काठमाडौं – सटिजन्स लाइफ इन्सुरेन्सले असोज २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ ।

सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

यता, सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया