डलरको भाऊ बढेपछि नेपालीको टाउकोमा ऋणको बोझ बढ्दै

४ बर्ष अगाडि

काठमाडौं – सरकारले तिर्ने ऋण बढ्दै गए पछि नेपाली नागरिकको टाउकोमा समेत ऋणको मात्रा बढेको  छ ।  चालु आर्थिक वर्षको साउन मसान्तसम्म आन्तरिक र वैदेशिक गरी सार्वजनिक ऋण रु १० खर्ब ६६ अर्ब ४५ करोड  पुगेको छ ।

यसमध्ये आन्तरिक ऋण रु ४ खर्ब ५३ अर्ब २३ करोड र वैदेशिक ऋण रु ६ खर्ब १३ अर्ब २२ करोड  पुगेको अर्थ मन्त्रालयले जनाएको छ । सार्वजनिक ऋणको अंश कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को झण्डै ३१ प्रतिशत पुगेको छ । जीडीपीको आकार रु ३४ खर्ब  छ ।

सरकारले विकास निर्माणका लागि आन्तरिक स्रोतले मात्र नभ्याएपछि सरकारले दातृनिकायहरुबाट ऋण तथा अनुदान प्राप्त गर्दै आएको छ ।

द्धिपक्षिय र वहुपक्षिय दातृ निकायबाट ऋण लिँदै आएको छ । २ करोड ९० लाख जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्ति ऋण भार बढेर ३६ हजार ७७४ रुपैयाँ पुगेको छ ।

साउनमा मात्रै सरकारले रु ३ अर्ब ६९ करोड ३६ लाख वैदेशिक ऋण प्राप्त गरेको छ । सरकारले आन्तरिक ऋण परिचालन गरेको छैन ।

अमेरिकी डलरसंग नेपाली रुपैयाँको अवमूल्यन भइरहेकाले सरकारको ऋण दायित्व बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ । कुल ऋणमा आन्तरिकको ४२.५ र वैदेशिकको ५७.५ प्रतिशत हिस्सा छ ।

साउनमा सरकारले रु २ अर्ब ६० करोड  वैदेशिक अनुदान र रु २ अर्ब ५७ करोड वैदेशिक ऋण गरी ५ अर्ब १७ करोड शोधभर्ना प्राप्त गरेको

गत वर्ष सरकारले रु ५४ अर्ब ३५ करोड  ऋण तिरेको छ । जसअनुसार  रु ३४ अर्ब ३१ करोड आन्तरिक र रु २० अर्ब ४ करोड वैदेशिक ऋण भुत्तानी गरेको अर्थले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सरकारको ऋण दायित्व १४ प्रतिशत बढेर रु  १० खर्ब ४७ अर्ब ८ करोड पुगेको थियो ।

गत वर्ष सरकारले आन्तरिक र वैदेशिक गरी रु १ खर्ब ८९ अर्ब ६७ करोड परिचालन गरेको थियो । जसमा वैदेशिक रु रु ९३ अर्ब २९ करोड र आन्तरिक रु ९६ अर्ब ३८ करोड ँ परिचालन गरेको अर्थ मन्त्रालयले  जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया