कहिल्यै वेवास्ता नगर्नुहोस् यी १० लक्षण, एचआईभी हुनसक्छ !

४ बर्ष अगाडि

एजेन्सी । एचआईभीरएड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । अविकसित देश मात्र होइन विकसित देशमा पनि यो रोग धेरैको मृत्युको कारण भइसकेको छ ।

असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित रगत, एचआईभी संक्रमित आमाले बच्चा जन्माउदा र प्रयोग गरिएका सुई ९इन्जेक्सन०बाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ ।

एचआईभी संक्रमण भएको लामो समयसम्म पनि यो रोग पत्ता लगाउन कठिन हुन्छ । यदि तपाईले थोरै सावधानी अपनाउनु भयो भने यो रोग लागेको समयमै थाहा हुन्छ ।

यो रोग लाग्दा यस्ता लक्षणहरु देखा पर्छन् त्यसलाई समयमै जानीराख्नु राम्रो हुन्छ ।

 यस्ता छन् लक्षणहरुः

 लामो समयसम्म ज्वरो आउनु 

सामान्यतया ज्वरो आउनु एक आम तथा सामान्य समस्या हो । तर यो बिमारी लामो समयसम्म रह्यो भने एचआईभी लागेको प्रारम्भिक लक्षण हुन सक्छ । यदि तपाईलाई लामो समयसम्म ज्वरो आइरहेको छ भने तुरुन्त चिकित्सकसँग परामर्श गरेर रगत परीक्षण गराउनुहोस् ।

 थकान 

एचआईभीका जीवाणुले हाम्रो शरीरको कार्यक्षमतामाथि नराम्रो असर गर्छन् । यस्तो अवस्थामा मानिसहरु धेरै थकान महसुस गर्छन् । यदि तपाईलाई पनि काम नै नगरी थकान लाग्छ भने सावधान हुनुहोस् । यो एचाईभी लागेको प्रारम्भिक लक्षण हुनसक्छ ।

 मांसपेशी दुख्ने समस्या 

एचआईभी पीडित व्यक्तिमा मांसपेशी दुख्ने समस्या हुन्छ । यदि तपाईमा पनि लगातार मांसपेशी दुख्ने समस्या छ भने सावधान हुनुहोस्, कतै एचआईभी त लागेको छैन७लदकउसरु

टाउको दुख्ने समस्या 

एचआईभीको भाइरसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । जसका कारण नियमित जस्तो टाउको दुखिरहन्छ । यदि तपाईमा पनि लगातार टाउको दुख्ने तथा घाँटी दुख्ने समस्या छ भने रगत परीक्षण गराइहाल्नुहोस्, एचआईभी लागेको हुनसक्छ ।

शरीर चिलाउने तथा छालामा दाग देखिनु 

भनिन्छ कि तपाईको छालाले नै शरीरको बारेमा सबैथोक बताउँछ । यो कुरामा धेरै हदसम्म सत्यता पनि छ । एचआईभी संक्रमण हुँदा पनि छालाले चेतावनी दिन्छ । यदि छाला चिलाउने तथा दाग र धब्बा देखिने समस्या छ भने यो एचआईभीको लक्षण पनि हुन सक्छ ।

तौल घट्दै जानु

संक्रमित व्यक्तिको तौल एक्कासी भारी मात्रामा घट्दै जान्छ । यो रोग लागेपछि आफूलाई मन पर्ने खाना पनि मन नपर्ने तथा खान मन नलाग्ने हुन्छ ।

 सुख्खा खोकी लाग्नु 

लामो समयसम्म सुख्खा खोकी लागिरहनु पनि एचआईभीको लक्षण हुनसक्छ ।

रातको समयमा पसीना आउनु 

यो रोगबाट संक्रमित व्यक्तिलाई रातको समयमा सधैँ पसीना आउने , बेचैनी हुने हुन्छ भने निन्द्रा नलाग्ने समस्याले सताउँछ ।

अस्वस्थ्य र पहेँलो नङ

एचआईभीको शिकार हुने मानिसको हात खुट्टाको नङ पहेँलो हुन्छ ।

एकाग्रतामा कमि आउनु

एकाग्रतामा भारी मात्रामा कमी आउनु, चाहेर पनि आफ्नो काम वा पढाईमा पूरा ध्यान दिन नसक्नु एचआईभीको लक्षण हुन सक्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया