होटलको कोठामा भएको त्यो एउटा गल्तीका कारण अभिषेकलाई छोडेकी थिइन् ऐश्वर्याले

४ बर्ष अगाडि

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । 

 तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् । सवैलाई थाहा भएकै कुरा हो उनको र सलमान खानको सम्बन्धको बारेमा तर उनको र विवेक ओबरायको प्रेम सम्वन्धको बारेमा कमैलाई मात्र थाहा छ ।

 सलमानको रिस र व्यवहारको कारण ऐश्वर्याले सम्बन्धमा ‘फुलस्टप’ लगाएकी थिइन् । त्यसको लगत्तै ऐश्वर्याको हात विवेक ओबरायले थामेका थिए । जब सलमान र ऐश्वर्या रिलेशनशिपमा थिए तब सलमानले उनलाई धोका दिएका थिए जसका कारण उनले सम्बन्धको अन्त्यल नै गरेकी थिइन् । ऐश्वर्याको घरमा समेत पुगेर हङ्गामा गर्ने तथा ऐश्वर्यालाई सधैं अनेक बहानामा तनाव दिने भएकाले पनि उनी रुष्ठ बनेकी थिइन् ।

सुटिङमै सलमानले हङ्गामा गर्ने ऐश्वर्यालाई सताउने उनको नराम्रो बानी थियो । यो त भयो सलमानका कुरा । सलमानसँग छुटेपछि विवेकसँग सम्वन्धमा रहेकी उनको के कारणले फेरि ब्रेकअफ भयो भन्ने कुरा चासोको विषय हुन सक्छ ।

 यसकारण भएको थियो विवेक र ऐश्वर्याको ‘ब्रेकअफ’ ?

सलमानले हात समेत उठाउन थालेका थिए ब्रेकअफपछि पनि तर उनी सुटिङमा केहि नै नभएजस्तो गरेर जाने गर्थिन् । त्यसपछि उनी विस्तारै विवेकसँग नजिकिन थालिन् ।

उनीहरु दुवैजना एक साथ धेरै पार्टी तथा विभिन्न समारोहमा देखिन्थे । तर आफ्नो सम्वन्धको बारेमा केहि पनि बोलेका थिएनन् । ऐश्वर्याको दुखको समयमा विवेक उनीसँगै रहन चाहान्थे ।

यसै क्रममा उनले एकदिन एक होटलको एउटा कोठामा पत्रकार सम्मेलन गरेर सलमानको तर्फबाट उनलाई ज्यान मार्ने धम्कीसहितको फोन आएको खुलासा गरे ।

यहि नै विवेक र ऐश्वर्याको ब्रेकअफको कारण बन्न पुग्यो । त्यसपछि ऐश्वर्याले यो सम्बन्धमा आफ्नो कुनै लेनादेना नभएको भन्दै विवेकसँग टाढिन सुरु गरिन् । यसको साथसाथै विवेकलाई चलचित्रको अफर पनि कम हुन थाल्यो । र अन्त्यमा ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया