अमेरिकामा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

४ बर्ष अगाडि

उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । 

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनु भएको छ । सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ । 

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन् । अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया