करेण्ट लागेर मजदूरको मृत्यु

असोज ३, २०७६ | आजको अर्थ
ajaako_artha

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ । 

दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुला बिजुलीको तारमा ठोक्किँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ः३० बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।

गम्भीर अवस्थामा रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । मृतक तामाङको शव परीक्षणका लागि शवगृहमा राखिएको छ । परीक्षणपछि आफन्तलाई शव बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८