लोक सेवामा दरखास्त दिँदा एनआइसी एशियामा राजश्व

४ बर्ष अगाडि

राजश्व लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन हुने भएको छ ।

एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच यस्तो सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईसी एसीयाका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट राजश्व संकलन हुने छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालज्यूले हस्ताक्षर गरे ।

उक्त सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया