संविधान दिवसको दिन पशुपतिनाथ क्षेत्रमा बम भेटियो

४ बर्ष अगाडि

काठमाडौं–देशभर संविधान दिवस मनाइँदा राजधानीको पशुपतिनाथ क्षेत्रमा शुक्रबार साँझ दुई वटा बम फेला परेको छ।  
 पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ । 
बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो । बम फेटिएसँगै सो क्षेत्रमा केहीबेर त्रास फैलिन पुगेको थियो । 
सो बम सकेट बम भएको  कसले राख्यो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। 
सो क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया