प्रेममा पागल भएका बलिउडका चर्चित प्रेमीहरु, जसले यस्तोसम्म गरेका थिए

४ बर्ष अगाडि

एजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै  फ्यानहरुलाई अचम्ममा पारेका छन् ।

 बलिउड सेलिब्रिटीहरु कोही यस्ता रहेका छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ ।

 जसका कारण उनीहरु बेलाबेलमा चर्चामा आइनै रहनछन् । पागलपनकै कारण केही बलिउड सेलिब्रिटीहरुले आफ्नो प्रेम समेत गुमाएका छन् । केही यस्ता बलिउडका पागलप्रेमीहरु  रहेका छन् जसको पागलपनको चर्चा उत्तिकै हुने गरेको छ । 

 १. सलमान खान

बलिउडका दंवग नायक सलमान खान आफ्नो पोजेसिभनेसका कारण मिडियामा निकै लोकप्रिय रहेका छन् । सलमानको पोजेसिभ नेचरका कारण उनकी गलफ्रेण्डले उनलाई छोडेर गइन् ।

 ऐश्वर्या रायसँगको प्रेम सम्बन्धका बारेमा धेरैलाई थाहा भएकै कुरा हो । उनको पोजेसिभ नेचरका कारण उनीहरुको त्यो सम्बन्ध टिक्न सकेन । जब सलमान खानले विवेक अब्रोराय ऐश्वर्यासँग डेट गरेको कुरा थाहा पाए सलमानले विवेकलाई रातभर फोन गरेर धम्काएका थिए । 

 २. शाहरुख खान र गौरी खान

 शाहरुख खान र गौरी खानको लब स्टोरी कुनै परीको कथाभन्दा कम छैन । फिल्मी क्षेत्रमा आउनुभन्दा पहिलादेखिनै गौरी र शाहरुख खान एकअर्कालाई डेटिङ गरेका गर्थे । गौरीलाई लिएर शाहरुख खान एकदमै पोजेसिभ रहेका थिए ।

 गौरीलाई कपाल खुल्ला छोडेर शाहरुखले हिड्न दिदैनथे । गौरी यति राम्राी थिइन कि जो कोही उनलाई हेरर लठ्ठ पर्थे । शाहरुखलाई एउटै डर थियो कतै गौरीले कतै छोडेर जाने त होइन ।

 ३. बिपाशा बासु

 बिपाशा बासु  विवाह गरेर सेटल भइसकेकी छिन् । तर जोन अब्राहमसँग लब अफयेर हुदाँ उनी निकै पोजेसिभ रहेकी थिइन् । जोन अ्रबाहमसँग सम्बन्ध टुटेपछि उनी हर्मनसँग रिलेसनसिपमा रहेकी थिइन् । हर्मनले खेलेका फिल्ममा आफुलाई पनि खेलाउन उनले निर्देशकहरुसँग समेत अनुरोध गरेकी थिइन् । उनले एउटा फिल्ममा हर्मनको गरेको लव मेकिङ सिन पनि डिलेट गराउन लगाएकी थिइन् । 

 ४. सैफ अली खान र करिना कपुर 

 सैफ अली खान र करिना कपुर हाल बलिउडका क्विउट जोडीमा गनिन्छन् । तर सेफ करिनाका लागि निकै पोजेसिभ रहेका छन् । सैफले एक अन्तर्वातामा भनेका थिए,‘करिनासँग कोही अरु एक्टर देखे भने म होस सम्हाल्न सक्दिन, त्यो एक्टरलाई के गर्छु मलाई पनि थाहा छैन ।’

 ५. रणवीर सिंह र दिपिका पादुकोण

 अनुष्का शर्मासँगको सम्बन्ध त्यति राम्रो नभएपछि एक्लिएका रणवीरको जीवनमा दिपिकाको आगमन भएको थियो । दिपिकालाई हरेक सफलतासँग रणबीर जोड्ने काम गर्छन् ।

 उनी दिपिकालाई सरपराइज दिन दिपिकालाई भेट्न उनी विभिन्न ठाउँ जाने गर्छन् । क्यानडामा सुटिङमा व्यस्त रहेकी दिपिकासँग रणवीरले सरपराइज भेट गरेका थिए । 

 ६. टुइंकल खन्ना र अक्षय कुमार

 टुइंकल खन्ना बलिउडकी कुनै जमानाकी चर्चीत नायिका थिइन् । तर अक्षयसँग विवाह गरेपछि उनले फिल्मी लाइनलाई बाइबाइ नै गरिदिइन् । अक्षय कुमार र प्रियंकाको अफयेरका बारेमा हल्ला चल्न थालेपछि उनले प्रिंयकासँग फिल्म खेलेमात्रै पनि आफुलाई छोड्न भनेकी थिइन् । त्यसपछि अक्षयले प्रियंकासँग फिल्म खेलेका छैनन् । 

 


 

४ बर्ष अगाडि

प्रतिक्रिया