केटीएम ७९० ड्युक भारतीय बजारमा

४ बर्ष अगाडि

मध्यम स्तरको स्पोर्ट नेकेड बाइक ७९० ड्युक भारतीय बजारमा आएको छ । यो बाइकको मुल्य यक्स शोरुममा भारु ८ लाख ६४ हजार तोकिएको छ ।

बाइकमा ७९९ सीसीको इन्जिन उपलब्ध छ । जसले १०५ एचपी पावर र ८६ एनएम टर्क जेनेरेट गर्छ । 

यसमा ४३ एमएमको नन–एड्जस्टेबल यूएसडी फोर्क र प्रिलोड मोनोसक पनी यसमा ४३ एमएमको नन–एड्जस्टेबल यूएसडी फोर्क र प्रिलोड मोनोसक रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि नै सो बाईक उपलब्ध रहेको छ।

यसको ड्राई वेट १६९ केजी रहेको छ र यो ट्रायम्फ स्ट्रिट ट्रिपल एस पछिको सबैभन्दा हलुका स्पोर्ट नेकेड मोटरसाइकल हो ।

यसमा भएका अन्य विशेषताहरुमा फुल–टीएफटी डिस्प्ले तथा अन्य बाइकमा नभएका सेफ्टी फिचरहरु डिस्इंगेजेबल सुपरमोटो मोड सहितको बोस कर्नरिङ एबीएस, लिन एंगल सेन्सिङ ट्रयाक्सन कन्ट्रोल, बाई डाइरेक्सनल क्विक सिफ्टर रहेको छ । 

यसमा कस्टमाइजेबल ट्रयाक मोड सहित चार राइडिङ मोड रहेका छन् । सोमबारबाट यस बाईकको बुकिंग खुलेको हो  ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया