हप्तौँसम्म खाता नम्बर दिँदैन एनआइसी एसिया बैंक, ग्राहकलाई हैरानी मात्र

४ बर्ष अगाडि

एनआईसी एसिया बैंकले खाता खोलेको हप्तौँसम्म पनि खाता नम्बर उपलब्ध नगराएर हैरानी पार्ने गरेको फेला परेको छ । 

बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयबाट खाता खोल्ने ग्राहकको तीन दिनसम्म खातानम्बर उपलब्ध गराएपछि ग्राहकहरुले हैरानी व्यहोर्नुपरेको छ । 

खाता खोलेपछि भोलीपल्ट मोवाईलमै खाता नम्बर उपलब्ध गराउने भनेर ग्राहकलाई आश्वासन दिने भएपनि हप्तौंसम्म पनि खाता नम्बर उपलब्ध नगराएको भन्दै ग्राहकले आक्रोश समेत पोख्ने गरेका छन् । 

“खाता जरुरी भएपछि बैंकमा खाता खोल्न गयो, बेलुका वा भोली ११ बजेसम्म तपाइँकै मोबाइलमा खाता नम्बर आउँछ भनेर पठाउँछन्”, काठमाडौंमा व्यापार गर्ने झापाका रवि आचार्यले भने “तर एकहप्तासम्म खाता नम्बर आउँदैन ।” 

खाता नम्बरको बारेमा जानकारी नदिने मात्र होइन एटीएम लगायतका अन्य सुविधा तथा सेवाको बारेमा पनि त्यस्तै अबस्था रहेको ग्राहकको गुनासो छ ।

“नामबिनाको एटीएम लैजानुहुन्छ भने भोली तयार हुन्छ, नाम सहितको हो भने एकसातापछि भनेर पठाउँछन”, गोरखाबाट अध्ययनका लागि काठमाडौं बसेकी कोपिला अधिकारीले भनिन् “कलेजको शुल्क तिर्न घरबाट मगाएको पैसा निकाल्नुपर्ने तर २ हप्तासम्म निकाल्न पाइएन ।” 

किङ क्षेत्रमा छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने भएपनि एनआईसी एसीया बैंकले ग्राहकलाई सेवा प्रवाहमा हैरानी पर्ने गरेपछि दिक्क मानेर धेरैले सामाजिक सञ्जालमा खुलेरै आलोचना समेत गर्ने गरेका छन् । 

“एकपटक एनआईसी एसियाको सेवा लिन आएको हरेक व्यक्ति केही न केही गुनासो लिएर आक्रोशित भएको भेटिन्छ, सेवाबाट सन्तुष्ट भएर खुसीसाथ फर्केको कोही हुँदैन”, थापाथलीमा व्यवसाय गरेका शुरेस कार्कीले भने “बैंकको माथिल्लो तहमा गुनासो नपुगेकोले कर्मचारीले हेलचेक्र्याई गरेका हुनसक्छन् ।”

सेवा बारे जानकारी लिनका लागि पटक पटक फोन सम्पर्क गर्दासमेत फोन नउठाउने, उठाएपनि सहि जवाफ नदिने बिचैमा फोन राखिदिने गरेर हैरान पारेको ललितपुरका सुमन पन्तले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया