यामाहाका दुईपांग्रे भैरहवामा लोकप्रिय

४ बर्ष अगाडि

 पछिल्लो समय यामाहाका बाइक तथा स्कुटरतर्फ भैरहवा क्षेत्रका युवाहरुको आकर्षण बढ्दै गएको छ । यामाहाका नयाँ नयाँ बाइकहरुमा आकर्षण बढेसँगै काठमाडौंमा लन्च हुनेबित्तिकै यस क्षेत्रमा पनि बिक्रीका लागि आउने गरेकाले युवापुस्तालाई यामाहाको नयाँ बाइक र स्कुटर खरिदका लागि अन्यत्र जानु पर्ने बाध्यता समेत हटेको छ ।

भैरहवा र वरपरका क्षेत्रका लागि यामाहा कम्पनीका सवारीसाधन किस्मत अटो मोबाइल्सले बिक्री गर्दै आइरहेको छ । किस्मतले हालै मात्र नेपाली बजारमा आएको यामाहाको नयाँ बाइक एमटी १५ को बिक्रीवितरण तथा प्रवद्र्धनसमेत भैरहवामा सुरू गरेको छ ।

यामाहाको पछिल्लो सिरिजको यो मोटरसाइकलको बजार मूल्य ४ लाख २४ हजार ९ सय रूपैयाँ छ । अहिले चाडपर्वको समयमा लन्चिङ प्राइसका रूपमा यसको मूल्य कायम रहेको र दसैं–तिहारसम्म यही मूल्यमा यो मोटरसाइकल खरिद गर्न सकिने किस्मत अटो मोबाइल्सका प्रबन्ध निर्देशक कल्याण श्रेष्ठले बताए ।

कालो र निलो गरी दुई रंगमा उपलब्ध यो मोटरसाइकल १५५ सीसी इन्जिन क्षमताको छ । हिमाल, पहाड, तराई सबै क्षेत्रमा चलाउन मिल्ने यो मोटरसाइकलमा ६ गियर रहेको श्रेष्ठले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया