रक्षा नेपालकी मेनुका थापालाई खुल्लापत्र

५ बर्ष अगाडि

आदरणिय मेनुका थापाज्यू, नमस्कार । 
आज अकस्मात म एउटा पत्र कोर्न बाध्य भएकी छु । सायद यसको कारण र परिस्थिति तपाईलाई  सम्झाइरहनु नपर्ला । तपाई एक समाजमा प्रतिष्ठित समाजसेवी भनेर हजारौंका भीडमा देखापर्नु भएको छ । तपाइसँग आज शक्ति, सत्ता, सम्पत्ति, ईज्जत अनि लगनशिलता सबै छ । तर, तपाईले यिनै चिजहरुलाई दुरुपयोग गरिरहँदा के तपाइले आफ्नो केही संयमताहरु गुमाउनु भएको त होइन ? भन्ने प्रश्न उब्जिन थालेको छ । 
जुन कुरा तपाईले देखाउनु भएको व्यवहारबाट नै प्रष्ट हुँदै गएका छन् । जसलाई तपाई अझै पनि आफ्ना झुटका पर्दाहरुले छोप्न प्रयास गरिरहनु भएको छ । हाम्रो नेपाली समाज, जसले संघ–संस्थालाई भगवानको मन्दिर मानेर आँखा चिम्लिएर विश्वास गर्छ । यस्तै रक्षा नेपाल पनि हाम्रो लागि एक मन्दिर सरह हो, जहाँ जाँदा र बस्दा मनमा शान्ति मिल्छ । हामीले देख्दा त त्यहाँ आश्रित भाइ–बहिनीहरुलाई सम्मानका साथ जिन्दगी बिताइरहेका देख्छौं, तर भित्री कुराहरु बल्ल बाहिर आउँदै छन् । 
अकस्मात तपाईंकै आश्रयमा लामो समय बसेकी पुजा बोहोरा (नाम परिवर्तन) मिडियाको सामुन्ने आएर मुख खोलेपछि सबैले जिब्रो काट्न थाले । मेरो उद्देश्य तपाई र तपाईको संस्थाको बदनामी गर्ने होइन । तर, त्यहाँभित्र भएका नानी–बाबुहरुलाई जुन प्रकारको यातना दिइन्छ, त्यसलाई रोक्ने चाहिं पक्कै हो । पुजाको कुरा सुन्दा त तपाईंको संस्थाभित्रै समस्या नै समस्या पो देखियो । पुजा कोही अबोध बालिका होइनन् । ब्याचलर दोस्रो वर्ष पढ्दै गरेकी कानुनकी एक परिपक्क छात्रा हुन् । ललिपप दिएर फक्किने बालिका होइनन् । यो कुरा तपाई पनि बुझ्नुहोस् । विना कारण अरुलाई दोष दिनु अघि केही त बुझ्ने कोशिस गर्नुस् । 
जसरी प्रदिप घिमिरे र उसका परिवारप्रति तपाईले जुन प्रकारको लाञ्छना लगाइरहनु भएको छ, त्यो विल्कुलै गलत छ । पुजा स्वयंले म विपतमा परेँ, मेरो रक्षा गरिदिनु प¥यो भनेर अत्तालिँदै फोन गरेको ति आवाजहरु आज पनि मेरो कानमा गुञ्जिदैछन् । कोही विपदमा परेको व्यक्तिलाई कसैले सहयोगी हात अगाडी बढाउँदछ भने त्यसलाई गलत भनिँदैन । तपाईले यसरी प्रदिप घिमिरेलाई अपराधी भनेर घोषणा गरिरहँदा साँच्चै तपाईमा कुनै भावना भन्ने चिज बाँकी छ वा छैन ? भन्ने प्रश्नचिन्ह खडा भएको छ । यदि प्रदिप घिमिरे गलत थिए र उनले नै पुजालाई जवर्जस्ती आफ्नो बसमा पार्न खोजेका थिए भने तपाईंसँग ८ वर्ष विताएकी पुजा किन तपाईमाथि नै आरोप लगाइरहेकी छन् ? के तपाईले उनलाई बसमा पार्न सक्नु भएन र ? 
प्रदिप घिमिरे एक्लै बसेको केटा मान्छे होइन । उ, श्रीमती, प्रत्युसा (छोरी), बहिनी (प्रिनन), भाई (नविन) सबै एकैसाथ बस्दै आएको व्यक्ति हो । यदि हाम्रो दैलोमा कसैले मलाई हजुरहरुको सहयोगको खाँचो छ, म अन्यायमा परेँ भनेर सहयोग माग्दै खट्खटाउँछ भने उसका लागि हाम्रो दैलो सँधै नै खुल्ला रहन्छ । यो त तपाई आफैले सिकाउनु भएको हो नि, सहयोग गर्नुपर्छ भनेर होइन र ? के अब प्रदिपले यहि काम गर्दा चाहिं ऊ अपराधी भयो ?
‘मलाई रक्षा नेपालबाट निकालियो, अब म त्यहाँ बस्न सक्दिन’ भनेर हाम्रो ढोकामा आएकी पुजालाई मैले बस्न आश्रय दिँदा हाम्रो परिवार दोषी वा अपराधी हुन्छ भने प्रदिप घिमिरे मात्र हैन म, छोरी, भाई, बहिनी सबैलाई दोषी ठह¥याउन रक्षा नेपाललाई नै प्रयोग गर्नुहोस् । हुनत तपाईले सामूहिक बलात्कारदेखि श्रीमानको पिटाइ सहन नसकेका महिला दिदी–बहिनीहरुको उद्धार गर्नु भएको छ, यसमा कसैको दुई मत छैन, तर त्यही बलात्कारमा परेका ति पीडित नानी, बाबुहरुलाई कोही सहयोगी हातहरु त्यहाँ पुगे भने रुँदै कराउँदै उनीहरुका सामुन्ने दुई हात जोडेर सहयोग माग्न लगाउँदा उनीहरुमाथि मैले कुनै प्रकारको दवाब दिएको छैन् कसरी भन्न सक्नुहुन्छ ? त्यो कुरा त तपाईकै संस्थामा आश्रित मुक्ताको टाउकोमा हात राखेर भन्न सक्नुहुन्छ ? विदेशीबाट पैसा लिएको छैन भनेर ? 
तपाईको प्रेस विज्ञप्ति हेर्दा यस्तो लाग्छ कि तपाईलाई अझै आफुले गरेको ति कुकर्मप्रति पश्चाताप नै छैन् । अझ भन्नुहुन्छ पुजा बोहराका लागि व्यक्तिगत पैसा आएको छैन् । कुनै पनि सहयोगकर्ताले सहयोग गर्दा व्यक्तिलाई नभई संस्थागत रुपमा सहयोग गर्दछ । तपाईले राख्नु भएका पीडितहरु कै नाममा त्यहाँ सहयोग आउने हो । त्यहाँ पुजा पनि त परिन् होला नि । कि तपाईंलाई तपाईंको संस्थामा आश्रित प्रत्येक व्यक्तिको खातामा रकम जम्मा गरिदिनु पर्ने हो ?
तपाईले पुजालाई मानसिक सन्तुलन ठिक नभएको, जे पनि भन्छे भनेर आरोप लगाएको सुन्दा म मात्र होइन् पुजालाई भेट्ने जो कोही पनि अचम्ममा परिरहेका छन् । हो उसमा पहिला मानसिक सन्तुलन ठिक थिएन होला । उनको पीडा तपाईले पनि बुभ्mनु भएकै होला । तर, उनी अहिले आफैमा सम्मालिएकी छिन् भने कसरी उनी सन्तुलनबिहिन भइन ? यसको प्रमाण विदेशमा गई तेक्वान्दो खेलेर जितेर ल्याएको गोल्डमेडल देखि उसका विद्यालयका सर्टिफिकेटहरु नै साक्षी छन् । 
तपाईले पुजालाई रक्षा नेपालबाट निकालेको तीन दिनपछि मात्र प्रहरी परिसर टेकुमा खबर गर्नुभयो । तर, पुजा त्यसअघि नै प्रहरीको शरणमा पुगिसकेकी थिइन् । महानगरिय प्रहरी कार्यालय रानीपोखरीबाट तपाईलाई फोन गर्दा तपाइको फोन किन फर्वाड गरिएको थियो ? र, तपाईंको संस्थाबाट किन कोही पनि उपस्थित हुन सकेनन् ? पुजाले नै तपाईविरुद्ध शान्ति सुरक्षाको उजुरी गर्दा तपाई किन काठमाडौं प्रहरी परिसरमा आउन सक्नु भएन ? 
यसको जवाफ छ तपाइसँग ? तपाईले अन्तवार्ताका क्रममा पुजा बोहरा बेहोस हुन्थी पनि भन्नु भयो  । खै हामीसँग बसेको यतिका दिन भयो तर, उनी एक पटक पनि बेहोस भएकी छैनन् ? के आधारमा तपाई विरामी भइरहने भनेर दाबी गर्नुहुन्छ ? कहिले कहिँ त हामी जो कोही पनि त विरामी पर्छौैं । कहिले कहिँ विरामी पर्दैमा मानसिक सन्तुलन गुमेको र वेहोसी भन्न मिल्छ ? आफ्नो जिवनमा सम्हालिएकी पुजा बैनीलाई तपाई फेरी पागल सावित गर्न खोजीरहनु भएको छ । त्यो भनेको बलात्कार गरेभन्दा ठूलो आरोप मात्र नभई पुजालाई दिइएको पीडा हो । 
तपाई त यतिसम्म झुट बोल्नुहुन्छ कि त्यो हामी कल्पना पनि गर्न सक्दा रहेनछौं । २०७२ सालमा  गएको महाभूकम्पको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सबैलाई थाहा छ । तर, तपाईले खै कुन कुरालाई प्रमाणित गर्न हो पटक–पटक २०७१ सालमा भूकम्प गयो भनिरहनु भएको छ । 
अर्को कुरा जब त्यहाँ रहेका पीडितहरु नै असन्तुष्ट छन् भने पाँच÷छ करोडको सम्पति जोड्नु भएको के औचित्य ? त्यसमाथि पनि पीडितका नाममा आएको रकमले आफ्नै नाममा घर किन्नु भएको छ । अझै पनि त्यसलाई पुष्टि गर्न प्रयासरत हुनुहँुदो रहेछ, विभिन्न बहाना बनाएर । सतुङ्गलमा भएको भनिएको घर तपाईको नाममा हुनुपर्ने हो कि संस्थाको नाममा ? अनि तपाइको नाममा रहेको धापाखेलको घर नि ? यो पनि त सुन्नमा आएका छन् । तपाई आफैले पनि त संस्था शुरु गर्दाका दिनहरुमा आफूसँग केही नभएको भनेर मिडियाबाजी गर्नु भएका तथ्यहरु अझै छर्लङ्गै छन् । अनि अहिले चाहिं कहाँबाट आए दुई÷दुई ठाउँमा घर ? 
संस्थामा रहेका भाई–बहिनीहरुको आफन्त भेट्न आउँदा तपाई एवम् तपाईका सहकर्मीहरुले गोदावारी सेल्टरमा राखिएको कुरा भन्नु हुन्थ्यो, खै गोदावारीम सेल्टर होम कहाँ छ ? नेपाल सरकारले छानविन समिति निर्माण गर्दागर्दै पनि तपाई कानुन भन्दामाथि उठेर कसैलाई अपराधी भन्ने अधिकार कहाँबाट पाउनु भयो ? हुनत तपाई पुजाको लागि लड्नुभयो । तर, खै त्यसको उपलब्धि ? पुजा निकालिनु नै हो त ?
पुजा, तपाई र रक्षा नेपालको बारेमा यति धेरै तथ्य बाहिर आइसक्दा पनि अझै तपाईले राष्ट्रिय मिडियामार्फत प्रदिप घिमिरेलाई दोषी सावित गर्न अनेकौ प्रपञ्च रच्दै हुनुहुन्छ । यदि प्रदिप घिमिरेलाई तपाइसँग व्यक्तिगत तथा संस्थागत दुष्मनी हुन्थ्यो भने पुजा त्यहाँबाट बाहिर निकालिनु भन्दा अगाडी नै तपाइकोविरुद्ध खडा हुने साहस राख्थे होलान् । तपाईको विषयमा त हामी प्रिनम बहिनीबाट दुई वर्ष अगाडी नै जानकार थियौं । त्यो बेला तपाईको समाजसेवा प्रतिको लगनशीलतालाई हृदयमा राखेर नै कुनै कुरा बोल्न चाहिन  । तपाई भन्नुहुन्छ कि घर किनेको ऋण तिर्न गाह्रो परिरहेको छ ।  कुन बैंकबाट कति लिएको हो ? लिँदाको मितिसहित कागजात किन बाहिर ल्याउन सक्नु भएन ? तपाईको संस्था बालगृह हो वा ट्रान्जिट होम ? के मा र कहाँ दर्ता छ ?  प्रहरी र स्थानीय प्रशासनको सिफारिस बिना बालबालिका त्यहाँ राख्ने अधिकार तपाईलाई कसले दियो ? के तपाई कानुन भन्दामाथि हो ? के तपाईलाई यो मुलुकमा कानुन लाग्दैन ? अझै तपाई समाज सेवा गरेको भन्दै हरेक क्षेत्रमा अफू नै ठूलो हो भन्दै हुनुहुन्छ । 
यदि त्यस्तै हो भने लैनचौरमा तपाईलेप्रति महिना ५० हजार भन्दा माथिको रकम तिरिरहनु भएको छ, के त्यो कार्यालयलाई सतुङ्गलमा रहेको भनिएको घरमा किन सार्न सकिँदैन ? त्यो पैसाले अन्य चेलीको उद्धार गर्न सकिन्थ्यो नि । तपाईले प्रदिप घिमिरेले बहिनीलाई पटक–पटक बलत्कार ग¥यो भनिरहँदा रक्षा नेपालमा आश्रित ति पीडित नानीहरुलाई बार–बार टेलिभिजन, रेडियो, पत्रपत्रिका विभिन्न डकुमेन्ट्री तथा राष्ट्रिय मिडियाका अन्र्तवार्ताहरुमा बनावटी कुरा बोल्न लगाउँदा र ढिक्काका ढिक्का आँशु खसाल्न लगाईंदा चाहिं तपाईले कति जना नानीबाबुहरुलाई बलत्कार गर्नुभयो ? 
के प्रदिप घिमिरेले बहिनीको न्यायको लागि लड्दा अपराधी हुने भए तपाईले गर्नुभएका यस्ता कामहरुमाथि चाहिं प्रश्नचिन्ह खडा हुदैन र ? प्रदिप घिमिरे कोही नेता, पत्रकार, करोडपति नभएर एक साधारण व्यक्ति हो । जसले न्यायका लागि माग गरिरहेको छ । उसले कहिँकतै पनि आफ्नो संस्था र संस्थागत धारणा प्रस्तुत गरेका छैनन् । 
तपाईले जसरी विश्वास नेपाललाई नै गलत ठह¥याउन मिडियाबाजी गरिरहनु भएको छ, त्यसरी प्रदिप कहिल्यै पनि रक्षाको विरुद्धमा लागेका छैनन् । प्रदिपले त केवल मानबताको नाताले पुजालाई सहयोग मात्र गरिरहेको हो । विश्वास नेपाल आफ्नो विधान र उद्देश्य पूरा गर्न निरन्तर अगाडि बढिरहेको संस्था हो, जसलाई नेपाल सरकारले मान्यता दिएको छ । तपाईको रक्षा नेपाललाई जस्तै । अनि किन विश्वास नेपालको पछाडि लाग्नु हुन्छ ?
यतिसम्मकी हाम्रो समाजले यस्ता घटनामा मुछिएकी एक अवोध युवतीलाई कहिल्यै पनि स्वीकार गर्दैन । अरुको बालबच्चासहितको श्रीमती स्वीकार गर्ने हाम्रो समाज बलात्कारमा परेर पीडित बनेकी युवतीलाई भने कहिल्यै स्वीकार्न सक्दैन् । अनि यहि घटना बाहिर ल्याउने इच्छा कसलाई पो हुन्छ र ? तर, अहिले यहि विषय पटक–पटक दोहिरिरहेका छन् । त्यसको पीडा तपाईले कहाँ बुुभ्mनु हुन्छ र ? पीडा भनेको त पर्नेलाई थाहा हुने कुरा हो । पुजालाई  रक्षामा ल्याएर खत बसिसकेको घाउमा फेरि पनि घाउ बनाउने रहर कसलाई पो हुन्छ र ? ४ वर्ष अघिको प्रिनमको काण्डलाई फेरि पनि दोहो¥याएर प्रिनमलाई नै अझै पिडा दिन कसको पो मन हुन्थ्यो र ? यति सरल कुरा त तपाईले पनि बुझ्नु पर्ने हो नि । अहिले पुजाकै कारण प्रिनमले पनि विर्सेसकेका ति पीडादायी पलहरु पुनः जीवन ठोक्किन आएका छन् । जुन रहर होइन मेनुका जि बाध्यता हो । त्यो पनि तपाईंकै कारण । 
मैले यसरी तपाईमाथि प्रश्न गर्दैगर्दा तपाईंलाई पूर्ण रुपमा गलत भन्न खोजेको भने पक्कै होइन । तपाईले समाजलाई पु¥याउनु भएको योगदान अतुलनीय छ । तपाईको संस्थामा आश्रितहरुलाई नै थाहा होला तपाईंको सेवा र सहयोगका बारेमा । तर, तिनै आश्रितहरुको नाममा धन र इन्जत पाउनु भईसकेको तपाईं जस्तो समाजसेवी व्यक्तिले तिनै पीडितलाई झन पीडा दिएर अरुको विरोध गर्नु उचित हो र ? उनीहरुकै नामबाट आफ्नो नाम अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनु भएकी तपाईले किन ति अवोधहरुलाई दुःख दिन थाल्नु भयो ? र, अरुलाई अप्ठेरोमा पार्न विभिन्न वाहानाबाजी गर्नुभयो ? मेरो प्रश्न यत्तिमात्रै हो । बाँकी कुरा ‘बुझ्नेलाई श्रीखण्ड, अबुझलाई खुर्पाको बिड’ भन्ने जस्तै हो । 
–तुलसी भण्डारी
 

५ बर्ष अगाडि

प्रतिक्रिया