नेपाली बजारमा सामसुङ ग्यालेक्सी ए१० एस

४ बर्ष अगाडि

सामसुङले सामसुङ ग्यालेक्सी ए १० एस नेपाली बजारमा ल्याएको छ ।यो ग्यालेक्सी ए सिरिजको सबै भन्दा नयाँ स्मार्टफोन हो ।

यसकमा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युयलरियर क्यामेरा, शत्तिशाली चार हजार एमएएचको ब्याट्री तथा फिंगर प्रिन्ट स्केनर रहेको छ ।

यसको ड्युअल क्यामेरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राईमरी रियर क्यामेरा तथा २ मेगापिक्सलको डेप्थ क्यामेरा रहेको छ ।

यसमा ३२ जिबी रोम र २ जिबी रोम रहेको छ भने यसको बजार मुल्य १६ हजार सात सय ९० रुपैंया तोकिइको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया