ग्यालेक्सी M 30 S नेपाली बजारमा, के के छन् विशेषता ?

४ बर्ष अगाडि

काठमाडौं– विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स र स्मार्टफोन सामसङले नयाँ ग्यालेक्सी एम स्मार्टफोन प्रस्तुत गरेको छ । आफ्नो विद्यमान ग्यालेक्सी एम स्मार्टफोनहरुको लाइनमा अब एम ३० एस  पनि समावेश भएको छ । 

ग्यालेक्सीका एम लाइनमा– एम १०, एम २० तथा एम ४० समावेश छन् । यस फेस्टिभ सीजनमा उपभोक्ताहरूको लागि अब सामसङको शक्तिशाली विकल्प रहेको छ । 

ग्यालेक्सी एम ३० एस मा शक्तिशाली ६००० एमएएच व्याट्री रहेको छ । जुन व्याट्री परै एक दिन भन्दा धेरै टिक्दछ । 

ग्यालेक्सी एम ३० एस मा ६.४ इन्च एफएचडी ं सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले, जो धेरै सुविधाजनक र भाइव्रेन्ट करहरुयुक्त रहेको छ । 

ग्यालेक्सी एम ३० एसमा ट्रिपल रियल क्यामेरा रहेको छ  जसको मुख्य क्यामेरा मा ४८ मेगापिक्सलको रहेको छ जसले उपभोक्ताहरुलाई आकर्षक फोटो लिन मद्दत गर्दछ । ग्यालेक्सी एम ३० एस मा ८ मेगापिक्सल को अल्ट्रा वाइड लेन्स रहेको छ, जुन १२३ डिग्री फिल्ड अफ व्यू को साथ उपलब्ध छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सक्षम हुन्छ । 

ग्यालेक्सी एम ३० एसमा ५ मेगापिक्सलको क्यामरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ ।

ग्यालेक्सी एम ३० एस क्यामेरामा एआई– व्याक्ड सिन अप्टिमाइजर तथा इन्टेलिजेन्ट फ्लो डिटेक्टर फीचर उपलब्ध रहेको छ ।

कम उज्यालोमा फोटो खिच्नको लागि नाइट मोड पनि रहेको छ । ग्यालेक्सी एम ३० एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ । 

ग्यालेक्सी एम ३० एस ४जीवी र्याम ६४ जीवी स्टोरेज तथा ६जीवी र्याम १२८ जीवी स्टोरेजका साथ उपलब्ध रहेको छ । यसको खरिद मूल्य २७ हजार ९ सय ९० र ३३ हजार ५ सय ९० तोकिएको छ ।  यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, सेतो तथा कालोमा उपलब्ध रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया