कावासोतीमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार

४ बर्ष अगाडि

माछापुच्छ्रे बैंकले कावासोतीमा दुई वटा शाखा रहित बैंकिंग सेवा  विस्तार गरेको छ ।

कावासोती १७ मा माछापुच्छे बैंकको १२९ औँ ग्राहक सेवा केन्द्रका रुपमा र कावासोती ६ मा १३० औँ ग्राहक केन्द्रका रुपमा विस्तार गरेको बैंकले जनाएको छ।  

सेवा विस्तार कार्यक्रममा माछापुच्छ्रे बैंक कावासोतीका शाखा प्रबन्धक शेषराज पोख्रेलले बैंक तथा वित्तीय संस्थाले पर्यटन र कृषिको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए।

 यो संगै बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रदान गर्न समेत उनले आग्रह गरे।

४ बर्ष अगाडि

प्रतिक्रिया