यातायात विधेयक पारित

असोज १५, २०७६ | आजको अर्थ
ajaako_artha

गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य मीना गुरुङ, विन्दुकुमार थापा, हरिशरण आचार्य र कृष्ण थापाले विधेयक प्रदेशमा यातायात सुसञ्चालन एवं व्यवस्थापनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । पोखराको ट्राफिक व्यवस्थापन काठमाडौँको जस्तै बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सदस्यहरूले यसतर्फ बेलैमा सचेत बन्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई राम्रो बनाउने जिम्मेवारी सत्तापक्ष, प्रतिपक्षलगायत सबैको भएको बताउँदै यसका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो । प्रदेशमा दक्ष जनशक्ति तयार गर्नका लागि विश्वविद्यालय ऐन, दक्ष जनशक्ति छनोट गर्ने गरी लोकसेवा आयोग ऐन, यातायात सुव्यवस्थाका लागि यातायात ऐनजस्ता महत्वपूर्ण ऐन तथा कानून यस अवधिमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

देशमा संविधान कार्यान्वयनमा गएको १८ महीना मात्र भएको बताउँदै उहाँले यस छोटो अवधिमा नै आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । स्थानीय तहमा उपप्रमुखका लागि दिइएका सेवासुविधा सम्बन्धमा प्रश्न उठ्ने गरेको बताउँदै उहाँले उपप्रमुखले न्यायिक समितिको नेतृत्वका साथै अनुगमनजस्ता महत्वपूर्ण काम गर्ने भएकाले सेवासुविधालाई अन्यथा लिनु नपर्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले सरकारले सदनलाई पूरा काम दिन नसकेको बताउँदै आगामी दिन त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।     प्रदेशसभा सदस्य कृष्ण थापाले तीन तहबीच समन्वय नभएको धारणा राख्नुभयो । अर्का सदस्य हरिशरण आचार्यले संसद्को नियमित काम धान्नेबाहेक अन्य उपलब्धि हुन नसकेको बताउनुभयो ।

चौथो अधिवेशन सकियो

बैठकमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख बाबुराम कुँवरबाट प्राप्त मन्त्रिपरिषद्को सिफारिशबमोजिम प्रदेशसभाको जारी चौथो बैठक मङ्गलबार राति १२।०० बजेबाट सकिएको भन्ने ब्यहोराको पत्र पढेर सुनाउनुभयो । 

बैठकलगत्तै अधिवेशनका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सचिवालयका सचिव हरिप्रसाद बाँस्तोलाले यस अवधिमा छ विधेयक पारित भएको जानकारी दिनुभयो । सभामुख अधिकारीले कतिपय विधेयक प्राविधिक कारणबश ढिलाइ भएको जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सङ्घअन्तर्गतका कानून निर्माणमा ढिलाइलगायतका कारणले पनि कानून निर्माणले अपेक्षित गति लिन नसकेको स्पष्ट पार्नुभयो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.५११२७.१८
UK Pound Sterling१४६.१८१४६.९५
Swiss Franc११५.०६११५.६७
Australian Dollar७७.६७७८.०८
Canadian Dollar८६.४३८६.८८
Singapore Dollar८३.१५८३.५९