महरा प्रकरणकाे अर्थ राजनीति : चीनको बीआरआई बिरुद्ध अमेरिकी मिलिनियम च्यालेन्जको लडाई

४ बर्ष अगाडि

सभामुख कृष्ण बहादुर महरा ‘विवादित  बलात्कार आरोप’मा फस्नुका पछाडी डिप्रेसन भएकी महिला मात्र नभएर पश्चिमा राष्ट्रहरुको हात भएको रहस्य पत्ता लागेको छ । 

चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र त्यसको विरुद्धमा अमेरीकाले ल्याएको मिलिनियम च्यालेन्ज फण्डको लडाईको कारण महरा फसाइएको रहस्योद्घाटन भएको हो । 

नेपाली काँग्रेसका नेता गगन थापाको षड्यन्त्रमा यो घटना भएको स्रोतको दावी छ । ‘अमेरीकाले बीआरआईको बिरुद्धमा अगाडी सारेको मिलिनियम च्यालेन्ज फण्ड संसदबाट पारित गराई सन्धिका रुपमा अगाडी बढाउने योजना महराले असफल पारिदिएको रीसमा डिप्रेसन भएकी महिलालाई प्रयोग गरेर महरालाई फसाइएको हो’, स्रोत भन्छ । 

के हो घटना :
झन्डै ३०० वर्ष देखि एकछत्र राज गरेको पश्चिमा जगतको बर्चस्व अन्त्य गर्दै चीनले  अबको विश्वशक्ति एशियामा केन्द्रित गर्ने योजनाका रुपमा चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को अवधारणा अगाडि सा¥यो । 

गत वैशाखमा बेइजिङ्गमा आयोजितआधुनिक सिल्क रोड संरचना सम्मेलनमा विश्वका धेरै राष्ट्रहरु सहभागी भए । विशेष गरी एशिया, युरोप र अफ्रिकाका मुलुकहरुले पनि सो अभियानमा सहभागी भएर नयाँ ढंगको आर्थिक कोरिडोरहरु निर्माण गर्न सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।

त्यसले अमेरीका लगायतका पश्चिमा मुलुकुको टाउको दुःखाईको विषय बनेको थियो । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमएमसी) अन्तर्गतका कार्यक्रम त्यही बीआरआईको बिरुद्धमा प्रयोग गर्ने गरी नेपालमा पनि संसदबाट पारित गराएर लागु गर्न चाहन्थ्यो । 

अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा नेपालको समर्थन खोजेको उक्त कार्यत्रक्रम सञ्चालन गर्ने सम्झौतालाई संसदबाट पारित गराउने योजना अमेरिकाको थियो । अमेरिकाले चीनलाई घेर्ने सुरक्षा नीति अनुसार सञ्चालन गर्न खाेजेकाे उक्त कार्यक्रमकाे सम्झाैता  संसदबाट पारित गराउन सकेको खण्डमा यसले सन्धीको हैसियतमा हुने र सरकार परिवर्तन भएपनि कार्यान्वयनका लागि बाध्यकारी हुन्थ्यो । 

तर प्रो चाइनीजको रुपमा चिनिएका सभामुख महराले उक्त कार्यक्रमलाई संसदबाट अनुमोदन गराउन चाहेनन् ।  नेकपा भित्रकै पनि कतिपय शीर्ष नेता र काँग्रेसले संसदबाट पारित गराउन चाहेको उक्त विषय सभामुख महराले सदनमा  विषय प्रवेश नै गर्न दिएनन् । 

सभामुखले उक्त विषयलाई कार्यसूचिमा नै समावेश नगरेपछि गत आइतबार एक समारोहबीच अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरबीच उक्त सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अमेरिकाले नेपालमा ५ सय मिलियन अर्थात् करिब ५० करोड डलर बराबरको एमएमसी अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ । 

सभामुख महराले संसदमा विषय प्रवेश नै नदिएको रीसको झोंकमा पहिलादेखि परिचित महिलाको प्रयोग गरी बलात्कारको विवादित षड्यन्त्र गरिएको स्रोतको दावी छ । स्मरणीय कुरा के छ भने सेप्टेम्बर २०१७ मा चीन भ्रमणको बेला उनले बिआरआईका पक्षमा दरो अडान लिएर नेपालको नीति परिवर्तन नहुने बताएका थिए । 

डिप्रेसन भएकी महिलाको बलात्कार काण्ड सार्वजनिक भएपछि सबैभन्दा पहिला नेपाली काँग्रेका केन्द्रीय सदस्य गगन थापाले प्रतिकृया दिँदै सभामुखले राजनीनामा दिनुपर्ने बताए । मिलिनियम च्यालेन्ज कर्पोरेसनमा थापाकी श्रीमती अञ्जना केसी पनि छन् । 

‘चीनको बीआरआईको बिरुद्धमा अमेरीकाको मिलिनियम च्यालेन्जलाई स्थापित गराउने योजनामा सभामुख बाधक देखिएपछि षड्यन्त्रपूर्वक यो नाटक रचियो’, स्रोत भन्छ, ‘समाचार पहिलोपटक सार्वजनिक गर्ने मिडिया पनि गगन थापाकै निकटको भएकोले पनि यसको पुष्टि गर्छ ।’

तर स्रोत भन्छ – ‘यसमा थापा वा काँग्रेसको मात्र स्वार्थ छैन, नेकपाकै प्रभावशाली नेता र सरकारी अधिकारीहरुसमेतको संलग्नता छ ।’

आफूमाथी बलात्कार भएको भनेर सार्वजनिक गरेकी महिला रोशनी शाहीले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको भनेर खुलासा समेत गरेकी छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया