रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

असार ७, २०७५ | आजको अर्थ
ajaako_artha

 


मस्को – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ । 

रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए । 

खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो । 

शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो । 

निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको संभावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए । 

पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ । 

विश्वकपअन्तर्गत आजै समूह ‘ए’ को उरुग्वे र साउदी अरेबिया पनि भिड्ने तयारीमा रहेका छन् । 

उरुग्वेले पहिलो खेल जितेकाले आजको खेल कम्तिमा बराबरी गरेमात्रै पनि प्रि क्वार्टरमा प्रवेश गर्नेछ । तर पहिलो खेलमा घरेलु टोली रसियासँग फराकिलो अन्तरले पराजित भएको साउदीलाई प्रतियोगितामा टिकिरहन आजको खेल जित्नै पर्नेछ । 

आज उरुग्वे विजयी अथवा बराबरी भए मात्रै पनि अन्तिम १६ मा पुुग्दा इजिप्ट र साउदी प्रतियोगिताबाट बाहिरिने छन् । 

आजै राति पौने १२ बजे समुूह ‘बी’को इरान र स्पेन खेल्ने तालिका रहेको छ । आजको खेलमा इरान विजयी भए अन्तिम १६ को यात्रा सहज हुनेछ । 

यसैगरी पहिलो खेलमा पोर्चुुगलसँग बराबरीमा रोकिएको स्पेनलाई पनि विश्वपक खेलिरहन इरानलाई हराउनै पर्ने बाध्यता छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.२०११३.८०
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४६.६२१४७.३९
Swiss Franc११४.४८११५.०८
Australian Dollar७७.६४७८.०५
Canadian Dollar८६.४०८६.८६
Singapore Dollar८३.०८८३.५२