शक्तिपीठमा भक्तजनको भीड, कुष्माण्डा देवीको आराधना

असोज १५, २०७६ | आजको अर्थ
ajaako_artha

नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ ।  उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा भक्तजनको भीड बढेको हो । 

यसैगरी उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, पाल्चोक र नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्रदेवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकांक्षा पूरा हुने, बल, बुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।
 
यसैगरी घटस्थापनाका दिन घर÷घरमा शुरु भएको दशैँ घर वा पूजा कोठामा आज नवरात्रको चौँथो दिन नवदुर्गामध्येकी चौँथो देवी कुष्माण्डा देवीको पूजा आराधना गरियो । पहिलो दिन अर्थात् असोज १२ गते घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो । 
 
असोज १८ गते शनिबार फूलपातीदेखि दशैँको विशेष चहलपहल शुरु हुन्छ । यसैदिनदेखि शक्तिपीठमा भक्तजनको अझै बढी भीड बढ्छ । बजारमा दशैँको किनमेल गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.५११२७.१८
UK Pound Sterling१४६.१८१४६.९५
Swiss Franc११५.०६११५.६७
Australian Dollar७७.६७७८.०८
Canadian Dollar८६.४३८६.८८
Singapore Dollar८३.१५८३.५९