श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिकोत्सवको मनाइयो

४ बर्ष अगाडि

ललितपुरको  पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०औं वर्ष पार गरी २१औं वर्षमा प्रवेश गरेको छ । 
२१औ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी र देशको समग्र आर्थिक क्षेत्रको विकास गर्न संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । 
 संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । उनले भने – संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको, संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको, ३६ जिल्लामा सदस्य सुविधा संचालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेका छांै ।’ 
    संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपैंया नगद सहित सम्मन पत्र प्रदान गरेकी हु्न् ।   
    यो अवधीमा ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्ष भित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ । 
 संस्थाले आफ्ना शेयरसदस्यहरु लाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराईरहेको मात्र नभई ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराइरहेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक भण्डारीले संस्थाले सहकारीको ऐन, नियम र मापदण्ड अनुसार नयाँ योजना अघि बढाउने बताए । 
 बि.सं. २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता सो वर्षको असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संस्थाको बहुउद्देश्यी लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको  ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा लालीगुराँस मा.वि.÷कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । संस्थाले संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा उपयुक्त तालिमहरु प्रदान गर्दै आई रहेको छ ।  संस्थाले २०७६ चालु वर्ष भित्र श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग संचालन गर्न निर्माण कार्य अगाडि बढाईएको छ । अत्याधुनिक गाई फार्ममा हाल करिब ५ सय गाई रहेका छन् । 
 यसैबिच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास मा.वि. मा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । 
    

४ बर्ष अगाडि

प्रतिक्रिया