एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’अब १० देशमा

असोज १५, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं-एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामाबिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको छ ।  
यो सँगै अबभारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुकालागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदालिन सक्नेछन् । 
यो सेवाबाट लाभलिनएनसेलकाग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः  एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्छन् ।
यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग  सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।  
एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमाशुल्कलाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वातीगन्तव्यहरुमापुगे पछि पनिलिन सक्नेछन् । सम्बन्धित देशमापुगेर मात्र यो डेटा प्याकलिनकालागिग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.५११२७.१८
UK Pound Sterling१४६.१८१४६.९५
Swiss Franc११५.०६११५.६७
Australian Dollar७७.६७७८.०८
Canadian Dollar८६.४३८६.८८
Singapore Dollar८३.१५८३.५९