आफ्नै अध्यक्षलाई जेल हाल्ने भाष्कर उद्योग वाणिज्य महासंघको अध्यक्षमा उठ्ने

४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघको विधान संसोधन गरेर आफू अध्यक्षको उम्मेदबार बन्ने घोषणा गरेका छन् ।

महासंघको विधान संशोधनको विषयमा प्रष्ट पार्न बोलाएको पत्रकार सम्मेलनमा राजकर्णिकारले विधान संसोधन गरेर महासंघमा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेपछि आफू अध्यक्ष उठ्ने बताए ।

अहिले महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा देखि विधान संसोधनसम्म ठूलो मेहनेत गरेपनि अध्यक्ष हुन नसकेका उनी फेरी अध्यक्षको उम्मेदबार बन्ने बताएका हुन् ।

अध्यक्ष बन्न के के गरे भाष्करले ?

सुरज वैद्य महासंघको अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्ष रहेका भाष्करराज राजकर्णिकारलाई स्वतः अध्यक्ष बनाउन बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संसोधनको प्रस्ताव ल्याईयो ।

तर, त्यतिबेला त्यसरी विधान संशोधन हुन नसकेपनि उनी स्वतः अध्यक्ष हुन पाएनन् ।

स्वतः अध्यक्ष हुने योजना असफल भएपछि चुनावी प्रतिस्पर्धामा उत्रेका उनी प्रदीपजंग पाण्डेसँग पराजित भए ।

निर्वाचनमा पराजित भाष्करले २०४२ सालमा खानेपानी तथा ढल निकास विभागमा कर्मचारी हुँदा भ्रष्टाचार ठहर भएको र उनले त्यस वापत सजाय भुक्तान नभएको भन्दै प्रशासनमा निवेदन दिए । 

पाण्डे जेल गएर अध्यक्ष पद खाली भएपछि आफू अध्यक्ष हुने योजना बनाएका राजकर्णिकार त्यतिबेला असफल भए जव उनकै टिमबाट उपाध्यक्ष बनेका मुरारकालाई आफ्नो विश्वासमा लिएर पूर्वअध्यक्ष चण्डीराज ढकालले महासंघको अध्यक्ष बनाए ।

त्यसपछि फेरी चुनावी प्रतिस्पर्धामा उत्रेर भएपनि अध्यक्ष हुने सोँच बनाएका उनलाई विधान संसोधन गरेर बरीष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानले फेरी असफल बनायो ।

आफू अध्यक्ष बन्न ल्याएको विधान संसोधनको प्रस्ताव धेरै वर्षपछि आफ्नै लागि प्रत्युत्पादक हुने गरी पारित भएपछि उनी उद्योग वाणिज्य महासंघको प्रतिस्पर्धी संस्था चेम्बर अफ कमर्शमा उपाध्यक्ष बनेका थिए ।

रीस फेर्न अर्को संस्थामा गएका उनी फेरी बिधान संसोधन गरेर अध्यक्ष बन्नका लागि उनले अहिले देखि नै प्रयास गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया