६४ अर्ब लगानीमा औद्योगिक पार्क

४ बर्ष अगाडि

चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । 

बिहीबार राजधानीमा एक  कार्यक्रमबीच निर्माण शुभारम्भको घोषणा गरिएको हो । 

लगानी बोर्ड र ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र लगानी विकास कम्पनीबीच औद्योगिक पार्क निर्माणसम्बन्धी समझदारी भएको हो । 

‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ नामकरण गरिएको यस औद्योगिक पार्कको कुल लगात ६४ अर्ब रुपैयाँ रहेको छ । 

उक्त पार्क निर्माणका लागि बोर्डबाट लगानी स्वीकृत भएसगैँ पार्क निर्माणको प्रक्रियाले गति लिएको छ । 

नयाँ पत्रिकाबाट

४ बर्ष अगाडि

प्रतिक्रिया