एक महीनापछि सञ्चालनमा आयो कालीगण्डकीमा जलयात्रा

४ बर्ष अगाडि

निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो । 

कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको हो ।  निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह ¥याफ्टिङ गर्न आएको छ । एक महीना ढिलो गरी जलयात्रा शुरु भएकाले धेरै पर्यटकले जलयात्रा गर्न नपाउने अवस्था रहेको स्विसा ¥याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेशनका प्रबन्ध निर्देशक देव रेग्मीले बताए । 

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए ।  एक याममा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका छन् । यो याममा वर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेम्बरको शुरुमै बुक गरेका धेरै पर्यटकले ¥याफ्टिङ रद्द गरिसकेका रेग्मीले बताउनुभयो । कालीगण्डकीमा १० भन्दा धेरै कम्पनीले ¥याफ्टिङ सञ्चालन गर्दै आएका छन् । 

कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि शुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । 

यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजीक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटक यात्रा तय गर्ने गरेका छन् । 

यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र नगरपालिकाको आर्मादी नजीकै खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए। 

४ बर्ष अगाडि

प्रतिक्रिया