तेह्रथुम पावरको साधारण शेयर आउँदै

४ बर्ष अगाडि

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

 कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । हालै सम्पन्न साधारणसभाले अनुमोदन गरेपछि  तेह्रथुमले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात रु ४ करोड र सर्वसाधारणलाई रु ८ करोडको  आईपीओ निष्कासन गर्ने भएको हो ।
कूल ७० प्रतिशत प्रवद्र्धक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको खोरङ्गाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु १ अर्ब ३७ करोड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया