चिलिमेले ४२५ मेगावाटको पाँच आयोजना बनाउँदै

४ बर्ष अगाडि

काठमाडा – नेपालको ऊर्जा क्षेत्रमा नाम कमाएको चिलिमे हाइड्रोपावरले ४२५ मेगावाटको ५ आयोजना बनाउने तयारी गरेको छ । कम्पनीले  सेतीनदी  आगामी वर्षदेखि निर्माण गर्ने तयारी गरेको छ । ती आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ । सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण  हुनेछन् ।

ती आयोजना सरकारको जनताको जलविद्युतमा परेका छन । आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ ।   सुदुरपश्चिमको बझाङमा रहेको ६५ मेगावाटको सेती नदी ३, २२० मेगावाटको बुढीगण्डकी प्रोक क्यासकेड, बुढीगण्डकीको सहायक नदी टमखोलाको ८० मेगावाट र गोरखामा रहेको ६० मेगावाटको स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको छ ।

सेती नदी आयोजना आगामी वर्षदेखि निर्माण थाल्ने तयारी चिलिमेको छ । यो वर्ष डीपीआर तयारी, नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए), लगानी जुटाएर आगामी वर्षदेखि सिभिल निर्माणको काम अघि बढाउने तयारी छ ।

ती आयोजना आर्थिक रुपमा आर्कषक देखिएको छ ।  बुढीगण्डकीमा रहेको २ आयोजना एकैपटक निर्माण गर्ने तयारी चिलिमेको छ । क्यासकेड आयोजनाको डीपीआरका लागि अध्ययन सुरु भएको छ । नेपाली सेनाले सडक निर्माण गरिरहेको छ । २ वर्ष्भित्र सडक पुग्नुका साथै डीपीआरलगायत अन्य काम सम्पन्न हुनेछ ।

टमखोला र स्यारखोलाको पनि संभाव्यता अध्ययनको काम सुरु भएको छ । यी दुबै खोला बुढीगण्डककीको सहायक नदी हुन । आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ । यसअघि ४ आयोजनामा सञ्चय कोषको ऋण लगानीमा निर्माण भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया