कात्तिक १५ गते सनराइज बैंकको साधारणसभा, यस्ता छन् कार्यसूची

४ बर्ष अगाडि

काठमाडौं – सनराइज बैंकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले कात्तिक १५ गते शुक्रबार बिहान १० बजे नसाधारण सभा बोलाएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १ गते एकदिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया