मास्क लगाउन रोक

४ बर्ष अगाडि

काठमाडौं– हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । 
अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो ।  
नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ । 
विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क निषेधको नीति लिएको हो । कान्तिपुर दैनिकमा छापिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया