मृत्युभन्दा पहिले हरेक मानिसलाई मिल्छन् यी चार संकेत

४ बर्ष अगाडि

एक मात्रै जिन्दगी, र यही एक दिन्दगमीमा हरेक मानिसलाई धेरै सपना र इच्छा पूरा गर्नुपर्ने हुन्छ । जिन्दगी यीनै सपनाको दौडमा गुज्रिन्छ, र हामी यो पनि भुल्छौं कि कुनै दिन हामीले यो संसार छाडेर जानु पर्छ ।

यमलोकका दूत हरेक मानिसलाई यमराजका ४ वटा सन्देश पठाउँछन् कि, अब जिन्दगीको खाता छिट्टै बन्द हुने वाला छ । आखिर कस्ता हुन्छन् ती चार संकेत जसले मानिसलाई आफ्नो मृत्यु हुन लागेको महशुष गराउँछ ? पढ्नुहोस् यमराज र अमृत भन्ने एक व्यक्तिको यो कथाः

यमुना नदीको किनारमा एक समय अमृत नामको एक व्यक्ति बस्ने गर्दथे । उनी दिन–रात यम देवताको पूजा गर्ने गर्दथे, किनकी उनलाई आफ्नो मृत्युको भयले सताउने गर्दथ्यो । मृत्युबाट बच्न उनी यमराजसँग दोस्ती गर्न चाहन्थे ।

उनको तपस्याबाट प्रशन्न हुँद एकदिन यमराज उनीसमक्ष प्रकट भए । अमृतले यमराजसँग अमर रहने वरदान माग्न खोजे । त्यसपछि यमराजले अमृतलार्य सम्झाउँदै भने, ‘जसले जन्म लियो उसले एकदिन मर्नुपर्ने हुन्छ । यही शाश्वत नियम हो । कोही पनि मृत्युबाट बच्न सक्दैन ।’

त्यसपछि अमृतले कृतज्ञ भावमा यमसँग आफ्नो दोस्तोको नाले एक अर्को निवेदन गर्न चाहेको बताए । उनले भने, ‘यदि मृत्युलाई टार्न सकिँदैन भने कमसेकम मृत्यु मेरो नजिक छ भन्ने त मलाई थाहा होस् । ताकि म आफ्नो परिवारका लागि केही प्रबन्ध गर्न सकुँ ।’

अमृतको कुरा सुनेपछि यमराजले मृत्युको पूर्वसूचना दिने प्रतिबद्धता जनाए । र अमृतले पनि प्रतिबद्धता जनाए कि जब उनलाई मृत्युको पूर्वसूचना मिल्न उनी आफ्नो संसार छाड्नका लागि तयारी गर्नेछन् । त्यसपछि यमराज अदृश्य भए ।

यमराजको आश्वासन पाएपछि अमृतले साधना गर्न छाडेर विलासितापूर्ण जीवन दिउन सुरु गरे । विस्तारै उनका कपाल सेता हुन लागे । केही वर्षपछि उसका सबै दाँत झरे, फेरि उसको आँखाको रोशनी पनि कमजोर हुन लाग्यो । तर पनि उसलाई यमराजको कुनै सन्देश मिलेन ।

केही वर्ष अझै वित्यो । त्यसबेला उनी बिस्ताराबाट उठ्न पनि असमर्थ भए । शरीर एकदमै कमजोर हुन लाग्यो । तर उसले मृत्युको सन्देश नपाएकोमा आफ्ना साथी यमराजलाई मनमनै धन्यवाद दिए ।

तर एकदिन उनी हैरान भए कि उनले आफूसँग यमदूत देखे । उनी एकदमै परिसान भएर यमराजले मृत्युको सन्देश लेखेर पत्र पठाएको होला भन्दै खोज्न लागे । तर उनलाई कुनै पत्र मिलेन । जब आफ्नो संसार छाडेर यमलोक पुगे उनले यमराजलाई मुस्कुराइरहेको देखे । उनले यमराजलाई धोका दिएको आरोप लगाए ।

अमृतले यमराजसँग भने, ‘तपाईले मलाई धोका दिनुभयो । आफ्नो प्रतिबद्धता पूरा गर्नु भएन । तपाईले भन्नुभएको थियो कि मृत्युभन्दा पहिले मलाई सन्देश पठाउनुहुने छ । तर मलाई कुनै सन्देश पठाउनुभएन । आफ्नो साथीलाई धोका दिएकोमा तपाईलाई सरम लागेन ?’

अमृतको कुरा सुनिसकेपछि यमराजले विनम्रतापूर्वक उत्तर दिए, ‘मैले तिमिलाई ४ वटा सन्देश पठाएको थिए । तर तिम्रो लालशाले तिमिलाई अन्धो बनाइदिएको थियो । तिमि बेवकुफ थियो जो तिमिलाई लाग्यो मैले कलमले कागजमा लेखेर सन्देश पठाउँला । शारीरिक अवस्था मेरो कलम हो र समय मेरो दूत । जब तिम्रो कपाल सेतो भएको थियो त्यो पहिलो सन्देश थियो । जब तिम्रा सबै दाँत टुटिसकेका थिए, त्यो मेरो दोस्रो सन्देश थियो । तेस्रो सन्देश थियो, जब तिम्रो आँखाको ज्योती गुमेको थियो । र चौथो सन्देश थियो, जब तिम्रा शरीरका सबै अंग चल्न छाडिसकेका थिए । तर तिमिले यीमध्ये कुनै पनि संकेत बुझ्न सकेनौ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया