के अब आउला त केरुङबाट रेल ?

४ बर्ष अगाडि

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा हुने विभिन्न सम्झौता मध्य  केरुङ–काठमाडौं रेलमार्ग लाई निक्कै महत्तवपुर्ण बिषयको रुपमा हेरिएको छ । यसका लागि सरकारले यसअघि नै पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरेर विभिन्न तयारी गरिसकेको छ । 

सीको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गसगैँ  काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलगायतका विषयमा महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ । 

उक्त रेलमार्ग निमार्णका लागी नेपालले ८० प्रतिशतसम्म अनुदान प्रस्ताव गर्ने तयारी गरेको हो । सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने वार्तामा सो विषयमा छलफल हुने बताइएको छ । दुवै पक्षले पहिलो प्राथमिकतामा रेलमार्गका आयोजना नै राखेका छन् ।

चीन सरकारले लाओस, भियतनामलगायत देशका परियोजनालाई ७० प्रतिशतसम्म अनुदान दिएको देखाउँदै नेपालले रेलमार्ग निर्माणमा ठूलो अनुदानको अपेक्षा गरेको हो । 
राजधानी दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया