मनाङ एयरको नयाँ हेलिकोप्टरले ब्यवसायिक उडान थाल्यो

४ बर्ष अगाडि

काठमाडौं – मनाङ एयर प्रालिले नयाँ हेलिकोप्टरबाट सोमबारदेखि ब्यवसायिक उडान सुरु गरेको छ। कम्पनीले फ्रान्समा निर्मित एयरबस हेलिकोप्टरु को एएस३५०बी३ई (एच125) हेलिकोप्टर ९एन–एएनजे बाट ब्यवसायिक उडान सुरु गरेको हो।

मनाङ एयरको दुई थान हेलिकोप्टरले २३ हजार फिटको एचाइसम्म सुरक्षित उडाउन भर्न सक्छ। अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृष्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकोप्टरको प्रयोग गरिने छु कम्पनीले विज्ञप्तिमा भनेको छ।

अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया