के नेपालमा रेलमार्ग बनाउने  इन्जिनियर छैनन् ? रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायको विचार

५ बर्ष अगाडि

काठमाडौं । सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । उत्तरी छिमेकी देश चीनबाट काठमाडौंसम्म जोड्ने रेलमार्गको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणको क्रममा एक खालको सहमति भएको छ ।

यस्तै रक्सोलदेखि काठमाडौँ जोड्ने रेलमार्गको अध्ययन पनि भइरहेको छ । यस्तै पूर्व पीश्चम रेलमार्गको विषयमा समेत अध्ययनको प्रक्रिया जारी रहेको छ । यी त देखिने काम भए तर नेपालमा पछिल्लो पटक रेलमार्गको जे जति चर्चा भएको छ त्यो भन्दा बढी चर्चा जनशक्तिको बारेमा हुनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।

रेलमार्ग निर्माण एउटा प्राविधिक र जटिल काम हो तर नेपालमा उपयुक्त जनशक्तिको भने अभाव रहेको पाइएको छ । रेलमार्ग निर्माण गर्ने भनेर मात्रै पनि नहुने अवस्था देखिएको छ । दक्ष जनशक्ति नभएका कारण रेलमार्ग निर्माणमा सोचेजति प्रगति हुने अवस्था पनि रहेको छैन । भन्नका लागि भनिदिएर मात्रै नहुने रहेछ । रेलमार्ग निर्माणमा जस्तै रेल चलाउन पनि प्राविधिक जनशक्तिको दरकार पर्दछ ।

के नेपालमा रेलमार्ग निर्माणका लागि दक्ष जनशक्ति छन् कि छैनन् छ ? प्रश्न गहन् एवम् महत्वपूर्ण रहेको छ । रेल विभागका प्रवक्ता समेत प्रकाशभक्त उपाध्यायका विचार भने यस्तो रहेको छ ।

१.प्रथमत इन्जिनियर भनेको बिज्ञानको ज्ञान भएको र सोको प्रयोगात्मक रुपमा प्रयोग गर्ने जानिफकार योग्यता भएको बिज्ञलाई भनिन्छ ।

२ इन्जिनियरिगंको बिबिध विधा मध्ये रेलमार्ग इन्जिनियरिगं पनि पर्छ ।

३ तर, रेलमागर्ग इन्जिनियरिगंको छुट्टै बिधाछैन यसमा मिश्रण इन्जिनियरिगंको बिज्ञताको आवश्यकता पर्दछ । जस्तै, रेलमार्गको निर्माण गर्ने प्रयोजनक लागि सिभिल इन्जिनियरिगंको बिधा भित्रको शाखाको रुपमा रहेको रेलमार्ग इन्जिनियरिगंको सिभिल इन्जिनियरिगं, ट्रयाकको लागि मेकानिकल ईन्जिनियरिगं, बिद्युत् प्रसारणको लागि इलेक्ट्रिकल इन्जिनियरिगं, सिग्नलको लागि, स्टेशन निर्माणको लागि, स्टेशन संचालन एव प्रवद्र्धनको  लागि, रेल ट्राफिक व्यवस्थापनको लागि र अन्य बाधा पनि छना।

४  विभिन्न बिधाका इन्जिनियरहरुको संयुक्त रुपमै समग्रमा रेलमार्ग इन्जिनियरिगं हो ।

५ रेलमार्ग इन्जिनियरिङको छुट्टै बिधा यद्यपी छ र छैन पनि । सिभिल इन्जिनियरिङ भित्र रहेको एउटा सानो पढाईलाई मात्रै रेलमार्ग इन्जिनियरिगं भन्न मिल्दैन होला ।

६ माथी उल्लेखित सिभल बाहेकका अन्य इन्जिनियरिङ बिधा बेगर रेलमार्ग इन्जिनिङ पूर्ण अवश्य नै हुने छैन ।

७ यसकारण, नेपालमा रेलमार्ग इन्जिनियर छैनन भन्ने कथन र रोईलो बेकार हो ।

८ इन्जिनियरिङ बिधाको संयुक्त प्रयास नै रेलमार्ग इन्जिनियरिङ हो ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायको फेसबुकबाट साभार

५ बर्ष अगाडि

प्रतिक्रिया