संसारमै पहिलोपटक बन्यो सुनको एटिएम कार्ड

४ बर्ष अगाडि

ब्रिटिश सरकारको स्वामित्वमा रहेको कम्पनी ‘द रोयल मिन्ट’ ले संसारमै पहिलोपटक सुनको एटिएम कार्ड बनाएको छ । कम्पनीका अनुसार उक्त कार्ड १८ क्यारेट सुनबाट बनाइएको हो ।

यसको मूल्य १८७५० यूरो रहेको छ । यसलाई ‘रारिस’ नाम दिइएको छ ।

उक्त डेबिड कार्डमा ग्राहकको नाम लेखिनेछ । र ग्राहकको हस्ताक्षर पनि राखिनेछ । यो कार्डबाट पैसा झिक्दा कुनै पनि फिस लाग्दैन । साथै कुनै पनि प्रकारको विदेशी विनिमय शुल्क लाग्दैन । यसका कारण यसलाई लक्जरी पेमेन्ट कार्डको श्रेणीमा राखिएको छ । 

यो कार्ड सिमित ग्राहकवर्गलाई मात्र उपलब्ध गराइनेछ । यहिले सम्म कतिजना ग्राहकलाई यो कार्ड दिइएको छ भन्ने कुरा बाहिर ल्याइएको छैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया