कहिले आउँछन् नेपालको आफ्नै स्याटेलाइटले खिचेका तस्वीर

४ बर्ष अगाडि

रेडियो उपकरणले राम्रोसँग काम नगरेपछि नेपालको पहिलो भू उपग्रहले खिचेको तस्वीर लिन ढिलाई भएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा जडान गरिएको रेडियो उपकरणले काम नगेपछि अन्तरीक्षमा खिचेको तस्विर लिन समस्या भएको हो ।

नेपालकै नाममा पलिोपटक प्रक्षेपण गरिएको भू–उपग्रह ‘नेपाली स्याट–१’ ले काम गरिहेपनि तस्वीर प्राप्त गर्ने प्रविधीमा समस्या देखिएको छ । 

प्रविधि जडान राम्रोसंग गरेपछि अझै एकहप्तामा मात्र भू उपग्रहले कैद गरेको तस्विर पृथ्वीमा आउने नाष्टले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया