अब को बन्ला त नेपाली क्रिकेट टिमको कप्तान ?

४ बर्ष अगाडि

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेका हुन्। 

राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले नेपालको निलम्बन फुकुवा भएपछि नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको बताएका छन् ।

उनले २००९ देखि  राष्ट्रिय टिमको कप्तानी सम्हालदै आएका थिए । खड्काको राजीनामा पछि नेपाली क्रिकेट टिमको कप्तान को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया