फेसबुकको नयाँ कीर्तिमानः गुगल प्ले स्टोरबाट ५०० करोड पटक इन्स्टल

४ बर्ष अगाडि

 सामाजिक सञ्जालमा निकै नै लोकप्रिय रहेको फेसबुकले नयाँ कीर्तिमान कायम गरेको छ । फेसबुकले गुगल प्ले स्टोरबाट ५ बिलियन अर्थात ५०० करोड पटक इन्स्टल भएको रेकर्ड राखेको छ ।

यसको साथ साथै फेसबुकले ५०० करोड पटक इन्स्टल हुने पहिलो पटक नन–गुगल एपको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

यसभन्दा अगाडि प्रि इन्स्टल गुगल एप जस्ता गुगल प्ले, गुगल ड्राइभ मात्रै ५ बिलियन पटक इन्स्टल हुने एपको रुपमा स्थापित भएको थियो ।

पाँच वर्ष अगाडि फेसबुकले एक बिलियन अर्थात १०० करोड पटक इन्स्टल भएको थियो । उक्त समयमा पनि धेरै पटक इन्स्टल हुने पहिलो नन–गुगल एपमा फेसबुक रहेको थियो ।

 फेसबुकले हुवावे, एलजी, श्याओमी जस्ता स्मार्टफोनको डिभाइसमा फेसबुकलाई प्रि इन्स्टल एपको रुपमा राखिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया