भृकुटीमण्डपमा ३५ हजारलाई चिया पाक्यो, १ सय २० कर्मचारी पकाउदै

४ बर्ष अगाडि

काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

बडादसैं, तिहार तथा छट पर्वका अवसरमा नेकपाले चियापानको आयोजना गरेको हो । 

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित भएका छन् ।

चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको हो । १ सय २० जना कर्मचारी ब्यांकेटले खटाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया