जालसाजी गर्ने सहयोगी विकास बैंकका संचालक समिति सदस्य पक्राउ

४ बर्ष अगाडि

काठमाडौं –  सहयोगी विकास बैंक जनकपुरका संचालक समिति सदस्य दिपेन्द्र कुमार यादव (दिपु) पक्राउ परेका छन्।

उनमाथी जनकपुरधामका लालबाबु रौनियारको धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी विक्री गरेको अभियोग लागेको थियो ।

फरार रहेका यादवलाई प्रहरीले आज बलबा टोलस्थित घरबाटै पक्राउ गरेको हो।

रौनियारले यादवकहाँ ५ कठ्ठा जग्गा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया