१३ वटा सुरुङमार्ग बनाउने सरकारकाे तयारी, यी ठाउँमा हुँदैछ यसै वर्ष अध्ययन

४ बर्ष अगाडि

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । 

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले यो वर्ष देशभरी १३ वटा सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । 

मन्त्रालयका अनुसार काठमाडौंको टोखा–छहरे–गुर्जे भन्ज्याङ, थानकोट–चित्लाङ, गोदावरी, ललितपुर–मानेचौरमा सुरुङमार्गको अध्ययन हुने छ । 

त्यस्तै उपत्यका बाहिर पोखरा–बागलुङ सडकको हेम्जा–नयाँपुल, सिन्धुलीको खुर्कोट–चियावारी, कैलालीको खुटिया–बिपीनगर–दिपायल खण्ड, कुलेखानी–भीमफेदी, बुटवल–सिद्धबाबा, दोलखाको लामाबजार, बुटबल–नारायणगढको दाउन्ने खण्ड, बेत्रावती–घट्टेखोला– स्याफ्रुबेँसी खण्ड र काभ्रेमा सुरुङमार्गको अध्ययन गर्ने भएको छ ।

त्यस्तै कोटेश्वर–जडीबुटी र नयाँ बनेश्वरमा अण्डरपास निर्माणको पनि सम्भाव्यता अध्यययन गरिने मन्त्रालयले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया