थापालाई पराजित गर्दै पाण्डे बने विवेकशील नेपालीका अध्यक्ष

४ बर्ष अगाडि

विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।

शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्ष विजयी भएका हुन् । पाण्डे ५८ प्रतिशत मत प्राप्त गरेका थिए । ५ प्रतिशत मत नो भोटमा खस्दा बाँकी मत थापाले पाएका थिए । 

अहिलेसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वाचित भएको दलले पाण्डेले जानकारी दिए  । उनका अनुसार महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित छन् । सिलवालले कर्मा तामाङ र भट्टराईले विजयबाबु सिवाकोटीलाई पराजित गरेका हुन् । 

उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव बुधबार हुँदैछ । विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो । 

जसमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन् । प्रदेश निर्वाचनपछि हुने उनले बताए । जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया