किन परिवर्तन भयो ठूला क्रिकेट प्रतियोगिताको लागि सुपर ओभर ?

४ बर्ष अगाडि

केही पहिले क्रिकेट विश्वकपको फाइनल खेल सुपर–ओभरसम्म बराबरी भए पनि इङ्ल्याण्डलाई विजेता घोषित गरिएको थियो । 

इङ्ल्याण्डलाई विजयी गराउन अवलम्बन गरिएको नियममा ठूलो विवादमा उत्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले सोमबार सम्पूर्ण ठूला क्रिकेट प्रतियोगिताको लागि सुपर ओभरका नियम परिवर्तन गरेको छ । 

न्युजिल्याण्ड र इंग्ल्याण्डबीच खेलिएको फाइनल खेलको नियमित समयमा दुई टिमले बराबर २४१ रन बनाए । त्यसपछि सुपर ओभर गरिएको थियो । सुपर ओभरमा पनि दुवै टिमले १५–१५ रन बनाए र म्याच बराबर भयो ।

त्यसपछि सम्पूर्ण खेल अवधिमा धेरै बाउण्ड्री कटाएको टीमलाई विजयी घोषणा गरिएको थियो । यस नियमको कारण आईसीसीले निकै आलोचना सामना गर्नु परेको थियो ।

आईसीसीले अब यो नियमलाई बदलेको छ । नयाँ नियममा सेमीफाइनल र फाइलनमा सुपर ओभरमा पनि दुवै टिमले बराबर रन बनाए भने पुनः सुपर ओभर हुनेछ । र, कुनै एक टीम विजेता नबनेसम्म सुपर ओभर जारी रहनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया