पशुपतिमा भेटियो ४५ किलो सुन

४ बर्ष अगाडि

पशुपतिनाथ मन्दिरमा ४५ किलो सुन रहेको तथ्य फेला परेको छ । ५६ वर्षको अवधिमा भक्तजनहरुले चढाएको सुन ४५ किलो पुगेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

यसअघि पशुपति क्षेत्र विकास कोषले एक वर्ष लगाएर ५६ वर्षमा ९ किलो मात्रै सुन जम्मा भएको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएपछि सर्वत्र यसको विरोध भएको थियो । 

त्यसपछि त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया