एनआरएनएमा गोरखाली पन्तलाई बाबुराम भट्टराईको सर्मथन

४ बर्ष अगाडि

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा समाजवादी पार्टीले कुमार पन्तको प्यानललाई समर्थर्ने भएको छ ।

बुधबार काठमाडौंमा हुने निर्वाचनमा एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तको प्यानललाई समर्थन गर्ने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तसँगै कुल आचार्यको प्यानल प्रतिस्पर्धामा छ । सम्मेलनमा करिब २५ सय मतदाताले मतदान गर्दैछन् । जसमध्ये २ सय जना समाजवादी पार्टीका समर्थक रहेको पाण्डेको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया