नेपालका बैंकमा २ करोड ७८ लाख खाता, ६७ लाखले डेविट कार्ड बाेक्छन

४ बर्ष अगाडि

बैंक तथा वित्तिय संस्थामा खाता खोल्ने नेपालीको संख्या २ करोड ७८ लाख पुगेको छ । 

२०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा २ करोड ७८ लाख ६७ हजार नेपालीले व्यक्तिगत निक्षेप खाता खोलेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले नेपालको वित्तीय पहुँचको स्थिति सार्वजनिक गर्दै यस्ताे जानकारी दिएकाे हाे । 

अध्ययनका अनुसार बैंकहरुमा मात्र खाता खोल्ने नेपाली एक करोड ८० लाख छन् । 

उक्त संख्या कूल नेपालीको करीब ६१ प्रतिशत हो । एकजना व्यक्तिको एकभन्दा बढी वित्तीय संस्थामा खाता भए पनि एउटा खाता मात्र गणना गरेको राष्ट्रबैंकले जनाएको छ । 

राष्ट्रबैंका अनुसार हालसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगेका छन् । 

राष्ट्रबैंकका अनुसार ६७ लाख ८ हजार ५ सय २१ जना नेपालीले डेबिट कार्ड लिएका छन् भने क्रेडिट कार्ड लिनेको संख्या १ लाख २३ हजार १ सय ४६ पुगेको छ ।

हाल नेपालमा ८३ लाख ४७ हजार जना मोबाइल बैङ्किङ र ९ लाख जना इन्टरनेट बैङ्किङ्ग प्रयोगकर्ताको रहेको पनि तथ्यांकमा उल्लेख छ । 

२०७६ असार मसान्तमा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया