आलम आतंकको यस्तो त्रास, १५ जनाको इलाकामा ९० प्रहरी

४ बर्ष अगाडि

१२ वर्ष पछि पक्राउ परेका मोहम्मद अफ्ताव अलाम बस्ने गाँउको इलाका प्रहरी कार्यलयमा ९० प्रहरी खटाईएको छ ।

१५ जनाको मात्र दरबन्दी रहेको उक्त कार्यलयमा ९० जनाको फौज भरिँदा प्रहरी कार्यलय असतव्यस्त बनेको छ ।

खासमा मोहम्मद अफ्ताव अलामको आतंक भएको स्थानमा प्रहरी पनि सानो समूहमा हिड्न डराउछन् ।

अझ उनलाई गिरफ्तार गरिसकेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यलयमा समेत आक्रमण हुन सक्ने आशंकामा प्रशाशनले प्रहरी फौज बढएको हो ।

प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएको छ ।

त्यतीमात्र नभएर उनलाई पक्राउ गर्ने नेपाल प्रहरीलाई साथ दिन सशस्त्र र नेपाली सेनाको टोली पनि स्ट्यान्डबाई थियो ।

आलमलाई हत्या आरोपमा प्रहरीले आइतबार रौतहटबाट पक्राउ गरेको थियो। 
नयाँ पत्रिकाबाट

४ बर्ष अगाडि

प्रतिक्रिया